सन्दीप लामिछाने र करण केसी वरियतामा सुधार

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को ओडिआई वरियतामा सुधार भएको छ ।

जिम्बावेमा जारी विश्वकप छनोटको प्रदर्शनलाई ध्यानमा राख्दै आइसिसीले सार्वजनिक गरेको वरियतामा सन्दीपले एक स्थान सुधार गर्दै २४ औं स्थानमा अटाएका हुन् । उनी भन्दापछि विश्व चर्चित भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह २६ औं, श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा २९ औं, महेश थिक्सेना ३२ औं र युजभेन्द्र चहल ४४ औं स्थानमा छन् ।

साथै तीव्र गतिका बलर करण केसीले पनि दुई स्थान सुधार गर्दै ८७ औं स्थानमा आएका छन् । तर, कप्तान रोहितकुमार पौडेल र आसिफ शेखको भने वरियता खस्किएको छ । पौडेल एक स्थान घटेर ७३ औं स्थानमा पुग्दा आसिफ चार स्थान घट्दै ७७ औं स्थानमा पुगेका छन् ।