एजेन्सी
अमेरिकी औषधि उत्पादनमा नाम कमाएको पिफिजर र जर्मन बायोटेक कम्पनी बायोएनटेकले उनिहरुले उत्पादन गरेको कोरोना भाईरस बिरुद्धको भ्याक्सिनले ९० प्रतिशत काम गरेको बताएका छन् । ति दुई कम्पनीले कोभिड -१९ बिरुद्ध उनिहरुले उत्पादन गरेको भ्याक्सिनले संक्रमणको लक्षण नदेखिएका मानिसहरुलाई भाईरसबाट जोगाउन ९० प्रतिशत सफल भएको बताएका छन् ।
सोमबार पिफिजर र बायोएनटेकले आफुले उत्पादन गरेको भ्याक्सिन सफल भएपछि “मानवियता र विज्ञानको लागि ठुलो दिन” भनेका छन् ।
पिफिजर कम्पनीका अध्यक्ष तथा सिइयो अल्बर्ट बौरलाले भ्याक्सिनको सफलतालाई सुरुङको अन्त्यमा देखिएको उज्यालो भनेका छँन् । यस अगाडि बैज्ञानिकहरुले कोरोना बिरुद्धको भ्याक्सिन कमसेकम ७५ प्रतिशत सफल हुने अनुमान गर्दै आएका थिए भने ह्वाईट हाऊस कोरोना भाईरस एड्भाईज डा. एन्थोनि फाउसीले कोरोना बिरुद्धको भ्याक्सिनले ५० देखि ६० प्रतिशतसम्म काम गर्यो भने स्विकार गरिने बताएका थिए ।
श्रोत : सि एन बि सि