काठमाडौं । आठ वर्षअघि बलात्कारमा परेको कुरा भिडियोमार्फत बाहिर ल्याएपछि उक्त घटनाका आरोपीमाथि छानबिन गर्ने विषय संसदमा उठेको छ।
शुक्रवारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफुलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए ।
सांसद थापाको माग लगत्तै सरकारलाई निर्देशन दिँदै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरू, माननीय सदस्यले आफ्नो भनाई राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौन हिंसा सम्बन्धि विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु।’