अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति झलनाथ खनालको विरोध

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्म‍ानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति विरोध जनाएका छद्धन् । बुधबार विज्ञप्ति निकाल्दै खनालले ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् । ‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि ताइवान चीनको अभिन्न अंग हो, यस्तो परिस्थितिमा न्यानी पेलोसीको भ्रमण एक चीन नीतिको विपरीत हो’ खनालले भनेका छन् ।

खनालले आफ्नो पार्टी ताइवान र सिंगो एसिया क्षेत्रमा हुने शान्तिविरोधी गतिविधिको विपक्षमा रहेको पनि बताएका छन् । उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार अर्को देशलाई नहुने पनि उल्लेख गरेका छन् । एसियाली देशको भ्रमणमा निस्किएकी अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी मंगलबार सिंगापुर, मलेसिया हुँदै ताइवानको ताइपेइ पुगेकी थिइन् । पेलोसीको ताइवान भ्रमणबारे औपचारिक घोषणा भएको थिएन । तर अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उनी ताइपेइ पुगेकी थिइन् । २५ वर्षभन्दा बढी समयपछि ताइवानको भ्रमण गर्ने उनी उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुन् ।