काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गरेको संसद विघटनको विरोधमा आज देशभर आन्दोलन गर्दैछ । देशका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले शान्तीपूर्ण विरोध प्रदर्शन गर्न लागेको छ ।
विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रमा रहेका केन्द्रिय स्तरका नेताले सम्बोधन गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले भने भक्तपुरमा सम्बोधन गर्ने गरी तय गरिएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने आफ्नो निर्वाचन क्षेत्रको दमौलीमा सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न भनेको छ ।