सरकारमा जान जसपाले राखेका सर्तबारे आज एमाले र जसपाबीच छलफल हुँदै

काठमाडौं । रेशन चौधरीको रिहाईदेखि संविधान संशोधनसम्मका शर्त राखेर सरकारमा जान तयार देखिएको जनता समाजवादी पार्टी र नेकपा एमालेबीच आज पनि सत्ता साझेदारीका विषयमा छलफल हुने भएको छ । बिहीबार शीर्ष नेताहरुबीच छलफल भएकोमा आज कार्यदल स्तरमा छलफल हुने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको बिहीबार साँझको बैठकमा जसपाले सरकारमा सहभागी हुन तीन वटा सर्त राखेको थियो ।

सर्त मान्न ओली सकारात्मक देखिएका छन् । संविधान संशोधन, रेशम चौधरीको रिहाइ, कैदीबन्दीको मुद्दा फिर्तासहितका माग जसपाको छ । यता, जसपामा समेत सत्ता साझेदारी गर्दा कसको नेतृत्वमा गर्ने भन्ने विषयमा भने विवाद छ । जसपाका अध्यक्ष बाबुराम भट्टराई र नेता उपेन्द्र यादव ओलीसँगको सहकार्यको विपक्षमा छन् । तर, नेता महन्त ठाकुर र राजेन्द्र महतो भने ओलीसँग सहकार्य गर्न आतुर देखिएका छन् । यसले अन्ततः जसपा समेत विभाजन हुन सक्ने जोखिम बढेको छ ।