सरकारले बोलायो भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तथा मन्त्रीगणलगायत । तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहीवारको मन्त्रिपरिषद्‌ बैठकले भारत, अमेरिका बेलायतलगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सत्ता गठबन्धनभन्दा बाहिरका दलको कोटामा राजदूत बनेकाहरुलाई फिर्ता बोलाइएको छ।

भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिने पनि मन्त्रिपरिषद्‍ बैठकले निर्णय गरेको छ।