काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् ।
सरकार गठन भएको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार गर्दै देउवाले गैरसांसद हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
देउवाले आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराका आफन्त (जेठान) हुन् । यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच यस विषयमा तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेर उक्त समाचार पुष्टि गर्न चुनौती दिएको थियो ।
त्यस्तै प्रधानन्यायाधीश जबराले हमाल काँग्रेसको नेता भएको हुनाले उनी मन्त्री हुनुमा आफ्नो हात नरहने धारणा सर्वोच्च बारसँगको बैठकमा राखेका थिए । तर प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको आशंकालाई गैरसांसद हमालको नियुक्तिले सही सावित गरिदिएको छ ।
शेरबहादुर देउवा : प्रधानमन्त्री
बालकृष्ण खाँण, मन्त्री : गृह
ज्ञानेन्द्रबहादुर कार्की, मन्त्री : सञ्चार तथा सूचना प्रविधि
पम्फा भुसाल, मन्त्री : ऊर्जा, जलस्रोत तथा सिंचाइ
राजेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री : संघीय मामिला तथा सामान्य प्रशासन
विरोध खतिवडा, मन्त्री : स्वास्थ्य तथा जनसंख्या
जनार्दन शर्मा, मन्त्री : अर्थ
मीनेन्द्रप्रसाद रिजाल, मन्त्री : रक्षा
उमाकान्त चौधरी, मन्त्री : खानेपानी
नारायण खड्का, मन्त्री : परराष्ट्र
रेनुकुमारी यादव, मन्त्री : भौतिक पूर्वाधार तथा यातायात
प्रेमबहादुर आले, मन्त्री : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
दिलेन्द्रप्रसाद बडू, मन्त्री : कानुन, न्याय तथा संसदीय मामिला
देवेन्द्र पौडेल, मन्त्री : शिक्षा, विज्ञान तथा प्रविधि
महिन्द्र राय यादव, मन्त्री : कृषि तथा पशुपन्छी विकास
उमा रेग्मी, मन्त्री : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
शशी श्रेष्ठ, मन्त्री : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
रामकुमारी झाँक्री, मन्त्री : सहरी विकास
गजेन्द्रबहादुर हमाल, मन्त्री : उद्योग, वाणिज्य तथा आपूर्ति
रामसहाय प्रसाद यादव, मन्त्री : वन तथा वातावरण
कृष्णकुमार श्रेष्ठ, मन्त्री : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
महेश्वरजंग गहतराज, मन्त्री : युवा तथा खेलकुद
उमेश श्रेष्ठ, राज्यमन्त्री : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भवानीप्रसाद खापुङ, राज्यमन्त्री : स्वास्थ्य तथा जनसंख्या
बोधमायाकुमारी यादव, राज्यमन्त्री : शिक्षा, विज्ञान तथा प्रविधि