साउदी अरेबियाको धार्मिक शहर मदिनामा एक बस दुर्घटना हुँदा ३५ जना पर्यटकको मृत्यु र ४ जना घाईते भएका छन् । साउदी सरकारद्वारा संचालित समाचार संस्था एस पि एका अनुसार दुर्घटना बुधबार साँझ भएको हो ।
दुर्घटनामा परेको बस पर्यटकहरुले रिजर्ब गरेका थिए । बस अर्को ठुलो मालबाहक सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मृतक तथा घाईतेहरु अन्य अरेबियन तथा एसियन मुलुकबाट गएका पर्यटक भएको साउदी प्रहरीले जनाएको छ । समाचार संस्था एस पि एका अनुसार घाईतेहरुलाई उपचारको लागि एल हम्न अस्पतालमा लगिएको छ भने अधिकारिहरुले दुर्घटनाको छानबिन गरी रहेका छन् ।
एजेन्सी