सात वटा प्रदेश सरकारले आज बजेट ल्याउने, संघीय बजेट आजै पास गर्ने तयारी

काठमाडौं । सातवटै प्रदेशमा आज आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आउँदैछ । प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट सार्वजनिक गर्नुपर्छ । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । त्यसमा आधारित रहेर बजेट ल्याउन लागेका हुन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले आआफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेका छन् ।

जसमा कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छन् । आगामी आवमा प्रदेशमा समेत निर्वाचन हुँदैछ । सोहकिारण प्रदेश सरकारको समेत प्राथमिकतामा निर्वाचन हुने छ । यसले बजेट छरिएर आउने छ । लोकप्रिय कार्यक्रममा बढी बजेट आउनेछ । सबै प्रदेशले करीव ७ खर्ब हाराहारीकोबजेट ल्याउने छन् । यता, संघीय सरकारको बजेट भने आज पास गर्ने तयारी छ । संसदमा सम्बन्धित मन्त्रीले बजेटबारे जानकारी दिएसँगै बुधबार नै बजेट पास गर्ने सम्भावना छ । यो बजेट १ साउनबाट कार्यान्वयनमा आउनेछ ।