‘साम्बा’ले फाइनल खेल गुमाउने

काठमाडौं । नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् । वाफ च्याम्पियनसीप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो । क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। यसअघि समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेको थिइन्। फाइनल भने फिफा विन्डो बाहिरको खेल हो। जारी प्रतियोगितामा साम्बाले ९ गोल गरिसकेकी छिन्।