नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको बढ्दो महामारीका बीच अक्सिजनको चरम अभाव भएको छ । यसले मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् । यसै सन्दर्भमा भारतीय वायुसेनाले सिंगापुरबाट हवाईजहाजमा अक्सिजन ओसार्न थालेको छ । वायुसेनाले एयरक्राफ्ट्स ऑक्सीजन सप्लाई गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
शनिवार भारतीय वायुसेनाको ग्लोबमास्टर विमानले अक्सिजन ट्यांकर भारत ल्याएको छ । त्यसमा भरिएको अक्सिजनलाई अत्यावश्यक अस्पतालहरुमा पुर्याउने तयारी गरिएको समाचारमा उल्लेख छ । शनिवार वायुसेनाले भारत भित्रै समेत आपूर्ति सहज गराउन विभिन्न उडान गरेको छ ।
भारतमा दैनिक ३ लाख भन्दा बढी मानिसमा संक्रमण भएको छ । यसले अस्पतालमा बिरामीको संख्या बढेको छ भने आपतकालिन प्रयोगका लागि अक्सिजनको अभाव बेहोर्नु परेको छ । यसले मोदी सरकारको कडा आलोचना भइरहेको छ । भारतले दैनिक २ हजार भन्दा बढी मानिस गुमाइरहेको छ ।