सिन्धुपाल्चोक बाढीमा कम्तिमा ७ को मृत्यु, सभामुख र स्वास्थ्यमन्त्री स्थलगत अनुगमनमा जाने

काठमाडौं । सिन्धुपाल्चाको हेलम्बु गाउँपालिकामा बाढी र पहिरोमा परि कम्तिमा ७ जनाको मृत्यु भएको छ ।ननेपाली संचारमाध्यमहरुले स्थानीय प्रहरी स्रोतलाई उदृत गर्दै जनाए अनुसार सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले यसको पुष्टी गरेका छन् ।

घर, टहरा, पुललगायत संरचना बगेको कैयौ मानिस हराइरहेको समेत जनाइएको छ । मृतकको पहिचान भइसकेको छैन । हेलम्बु गाउँपालिकाको वडा नम्बर १ मा ७ जना र वडा नम्बर २ मा ४ जना सम्पर्कबिहीन रहेको जानकारी आएको छ । आजै सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा जाँदैछन् । यो उनीहरु दुबैको गृहजिल्ला हो । सापकोटा स्थलमार्गबाट सिन्धुपाल्चोक जाँदैछन् ।