सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपाललाई

काठमाडौं । उज्ज्वेकिस्तान हराउँदै सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप अन्र्तगत महिलातर्फको उपाधि नेपालले जितेको छ।

बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्ज्वेकिस्तानलाई ३–२ सेटमा हराउँदै उपाधि जितेको हो।

नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

बंगलादेशको सहिद सरवर्दी रंगशालामा भएको खेलमा नेपालले पहिलो खेलमा दुई सुरुआति दुई सेट गुमाएर श्रीलंकालाई ३–२ ले हराएको थियो।

नेपालले बंगलादेश, माल्दिभ्स, उज्ज्वेकिस्तान र कीर्गिस्तानलाई समान ३–० सेटमा हराएको थियो। फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो।

दुई वर्षअघि घरेलु मैदानमै भएको प्रतियोगितामा नेपाली पुरुष टिम समूह चरणबाटै बाहिरिएको थियो भने त्यही वर्ष बंगलादेशमा आयोजना भएको महिलातर्फको प्रतियोगितामा भने नेपालले स्वर्ण पदक जितेको थियो।