काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचनको प्रस्ताव गरेको छ । सो निर्वाचनमा १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान समेत आयोगको छ । मंगलबार २०७९ साल जेठ ४ बुधबारका दिन स्थानीय तहको निर्वाचन एकसाथ गर्ने प्रस्ताव गर्दै आयोगले सो अनुमान गरेको हो । आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने अनुमान गरेको छ।
२०७४ सालमा सम्पन्न भएको निर्वाचनमा आठ अर्ब खर्च लागेको थियो। सात प्रदेश निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय र ७५३ निर्वाचन अधिकृतको कार्यालयबाट २०७४ मा ८ अर्ब बढी खर्च भएको थियो । यस वर्ष ४ अर्ब रुपैयाँ बढ्ने छ । निर्वाचनका सन्दर्भमा अब एमसीसी सम्झौता समेत जोडिएका कारण दलहरुबीच भने अन्यौल कायम छ ।