स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटनाा परेको छ । यस दुर्घटनामा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको प्रहरीले जनाएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको ज्यान गएको हो । चापाकोट ९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीको पोखराा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको समेत प्रहरीको भनाई छ ।