स्वतन्त्र चुनावी सरकार गठन गर्न राजेन्द्र लिङ्देनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकारको गठन गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन गर्नुपर्ने माग गरेका हुन् ।

साथै उनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति तत्काल तोक्न सरकार समक्ष माग गरे ।

‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ । सरकराले आम निर्वाचनको मिति घोषणा गरोस् । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्छ,’ उनले भने ।