काठमाडौं । नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हङकङलाई ८ विकेटले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । रोहितले २० बलमा तीन चौकासहित २५ रन र सन्दीपले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए ।
रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १/१ विकेट लिए ।