बार्सिलोना । कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनको मद्दतमा स्पानिस लालिगामा बार्सिलोनाले अलाभेजमाथि रवाफिलो जित निकालेको छ । खेलमा बार्सिलोनाले कुल ५ गोल गर्यो । जसमा दुई गोल मेसीको नाममा रह्यो । गतराति घरेलु मैदान क्याम्पनोउमा सम्पन्न खेलमा बार्सिलोना जितपछि दोस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा गोल गरेका थिए । टोलीका लागि ट्रिनकाओले २९औं मिनेटमा गोल गर्दै खाता खोले । उनले ७४औं मिनेटमा आफ्नो दोस्रो गोल गरे । जुनियर फिर्पोले ८०औं मिनेटमा गोल गर्दै बार्सिलोनाको फाराकिलो जित सुनिश्चित गरे । अलोभेजका लुइसले एक गोल फर्काए पनि त्यो खेलमा फर्कन पर्याप्त बनेन ।
जितपछि २२ खेलबाट ४६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको एट्लेटिको ५४ अंकसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ४६ अंक नै छ । गोल अन्तरमा बार्सिलोना अगाडी भएको हो ।