एजेन्सी
सोमबार साँझ अमेरिकी राष्ट्रपति निवास ह्वाउट हाउस बाहिर गोली चलेपछि ब्रिफिङ रुममा पत्रकार सम्मेलन गरी रहेका राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीले पत्रकार सम्मेलन अकस्मात रोकेर सुरक्षितस्थानमा लगेका छन् । कोरोनाभाईरस महामारीको बिषयमा केन्द्रित भएर पत्रकार सम्मेलन गरी रहेका राष्ट्रपति ट्रम्पलाई ह्वाईट हाउस बाहिरको पेन्सलभानिया एभिन्युमा गोली चलेपछि सिक्रेट सर्भिसका सुरक्षा अधिकारीहरुले ट्रम्पलाई भित्र लगेका हुन् । सुरक्षाका लागि राष्ट्रपति ट्रम्प गएपछि सहभागी पत्रकारहरुलाई सोही स्थानमा लकडाउनमा राखिएको थियो भने करिब १० मिनेटपछि ट्रम्प पुन: पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।
पत्रकार सम्मेलनमा पुन: सहभागी भएपछि राष्ट्रपति ट्रम्पले ह्वाईट हाऊस बाहिर गोली चलेको र नियन्त्रणमा आएको भन्दै घटनाको पुष्टी गरेका छन् ।