काठमाडौं । सोमबार साँझसम्म देशभर भएको मतगणनाका दौरान १९९ स्थानीय तहमा नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले देशभरबाट ८९ पालिका प्रमुखमा जित निकालेको छ । कांग्रेसले ९१ उपप्रमुखमा जित हात पारेको छ । दोस्रो स्थानमा एमाले रहेको छ । एमालले ५९ पालिका प्रमुख जितेको छ ।
५८ उपप्रमुखमा एमालेले जित हात पारेको छ । तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । माओवादीले देशभर ४६ पालिका प्रमुख र ४२ पालिका उपप्रमुख पदमा जित निकालेको छ । अग्रताको हिसावले नेपाली कांग्रेस नै पहिलो स्थानमा छ । मतदात भइरहेका पालिकामध्ये कांग्रेस २२० वटामा अगाडी छ । एमाले १३४ र माओवादी ७४ पालिकामा अगाडी रहेका छन् । जसपा नेपाल ३१ र एकिकृत समाजवादी १७ स्थानमा अगाडी रहेका छन् ।