काठमाडौं । आज सरकारले २४१ जना कैदीको कैद सजाय मिनाह गरिदिएको छ । गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा र आठ जना व्यक्तिको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायत सजायँ माफ गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद सजायँ मिनाहा तथा दण्ड जरिवाना माफी दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
रामबहादुर भन्ने रमेश विश्वकर्मासमेत २३३ जना कैदीको बाँकी कैद सजायँ माफी मिनाहा गरिएको हो । कपिल देव साह कानूसमेत आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको कार्यालयको विज्ञप्तीमा उल्लेख छ ।
गणतन्त्र दिवसका उपलक्ष्यमा कैद अवस्थामा रहँदा असल व्यवहार देखाउने र ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तानी गरिसकेको मध्येबाट सजाय माफ गर्ने प्रावधान रहेको छ । आज नेपाल तथा विदेशमा रहने नेपालीले समेत गणतन्त्र दिवस मनाउँदैछन्