मेक्सिकोबाट जापानको नारिताका लागि उडेका एक जना जापानी नागरिकले २४६ पाेका कोकिन निलेका कारण जहाज भित्रै उनको मृत्यु भएको छ ।
मेक्सिको कोलम्बिया देखी यात्रा सुरु गरेका ४२ बर्षिय उडो नाम गरेका जपानीजले जहाज उडेको केही समयमा कोकिनको पोका निल्न थालेका थिए । कोकिन निलेको केही समय भित्रै उनको स्वास्थमा समस्या आएपछी जहाज मेक्सिकोकै सोनोरा राज्यमा आकस्मिक अबतरण गरियाे । त्यस लगत्तै डाक्टरले ति ब्यक्तिलाई मृत घोषणा गरिएको थिए ।
शब परिक्षण गर्दा मृतकको पेट तथा आन्द्रामा २ दशमलब ५ सेन्टिमिटर लामो र १ सेन्टिमिटर चौडा प्लास्टिक ब्याग भित्र रहेको २४६ पोका साना थैला भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् । उनको मृत्यु लागु औषध ओभर डोजबाट हुने सिरेबरल अडिमाका कारण भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।