काठमाडौं । काठमाडौं उपत्यकामा गत चौबीस घण्टा ३२ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष, भक्तपुरका दुई पुरुष, काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।