५४३४ परिक्षणबाट ५ सय जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा कुल ५४३४ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यसअवधिमा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

यसमध्ये २ लाख ४९ हजार १३२ जनाले कोरोना जित्न सफल भएका छन् । १८१९ जनाको भने निधन भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर मात्र ६७४९ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३३४९ होम आइसोलेसनमा छन् । जसले गर्दा अस्पतालहरुको उच्च चाप घटेको छ । २८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार जारी रहेको छ ।