६१ किलो सुन तस्करीमा जोडिएकी कमलाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ।

नेशनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौंको पत्राचार पछि कमलालाई इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

गएको साउनमा काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा उनको संलग्नता देखाएको थियो । उनी बेल्जियम मूलका तिब्बती नागरिक दावा लामाकी श्रीमती हुन् ।

दावा सोही मुद्दामा हाल पुर्पक्षका लागि थुनामा छन् । तर, कमला भने फरार छिन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।