संखुवासभा । गत मंगलबार राति ६ यात्रुसहित अरुण नदीमा झरेको यात्रुबाहक जीप अझै वेपत्ता छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले गरेको खोजिका क्रममा समेत जीप र यात्रु नभेटिएको संखुवासभा प्रहरीले जानकारी दिएको छ ।
टोलीले तीन दिन सम्म नदीमा जीप र यात्रुको खोजी गरेको थियो । बिहीबारबाट खोजी कार्य शुरु भएपनि अझै फेला परेको छैन ।
पछिल्लो केही दिन यताको निरन्तर वर्षाले नदीमा पानीको बहाव बढेको छ । त्यसमाथि धमिलो पानीका कारण पनि नदीमा खोजी कार्य प्रभावित भएको हो ।
मंगलबार ए बिरामी बालकको थव उपचारका लागि संखुवासभाबाट धरानतर्फ लैजादै गर्दा जीप अरुण नदीमा झरेको थियो ।
जीपमा ६ जना सवार रहेको प्रहरीले बताएको छ । जीप धर्मदेवी नगरपालिका–८ अक्कर भीरबाट अरुण नदीमा खसेको बताइएको छ ।