काठमाडौं । स्थानीय तह निर्वाचनमा मतगणनाको काम जारी छ । अहिलेसम्म ७४ स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ । संकलित विवरण अनुसार नेकपा एमाले र नेपाली कांग्रसले समान २७–२७ स्थानीय तहमा जित निकालेका छन् । उनीहरुलाई माओवादी केन्द्रले पच्छ्याइरहेको छ । माओवादीले १८ केन्द्रमा जित निकालेको छ ।
नेकपा एकीकृत समाजवादीले २ वटामा पालिका प्रमुख जितेको छ । यो विवरण प्रमुख पदको मात्र हो । अहिले सबै महानगरपालिका र उपमहानगर पालिकामा निर्वाध मतगणना जारी छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायम छ । सोमबार बिहानसम्मको अपडेट अनुसार उनले ६२०७ मत पाउँदा एमालेका केशव स्थापितले ३२४३ र कांग्रेसकी सिर्जना सिंहले २८८५ मत पाएकी छिन् ।