अमेरिका र भारतको कुटनैतिक बहिस्कारका बीच शितकालिन ओलम्पिक्स चीनमा शुरु

बेइजिङ । शितकालिन ओलम्पिक्स शुक्रबार देखी चीनमा शुरु भएको छ । ओलम्पिक बेइजिङमा आयोजना गरिएको छ । यस सङ्गै  बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलिम्पिक्स आयोजना गर्ने एक मात्र सहर बनेको छ।  कोभिड-१९ को नियन्त्रण, मानवअधिकार हनन्‌को आरोप र ‘कूटनीतिक’ बहिष्कारका कारण ओलिम्पिक्समा राजनीतिक छाया पनि परेको छ।

ओलम्पिक्समा खेल प्रतियोगिताहरू हुने खेलस्थलमा भएका अधिकांश हिउँ मानवनिर्मित हुन्। बन्द स्थानमा बनाइएका ‘रिन्क’मा चिस्यान कायम गर्न ठूला फ्रिजर प्रयोग गरिएको बिबिसीले लेखेको छ ।

चीनले “शून्य कोभिड” को अवस्था हासिल गर्नका लागि विभिन्न प्रयास गरिरहेको छ। त्यसैले अधिकारीहरूले सर्वसाधारण दर्शकहरूलाई खेलको टिकट नबेच्ने निर्णय गरेका छन्। सत्तारूढ कम्युनिस्ट पार्टीका सदस्य वा सरकारी स्वामित्व रहेका कम्पनीहरूका कर्मचारी मात्र खेल हेर्नका लागि आमन्त्रित छन्। उनीहरूले पनि परीक्षण र प्रतिबन्धका कडा नियमहरू पालना गर्नुपर्नेछ।
सङ्क्रमण रोकथामका लागि गरिएका प्रयासहरूले खेलाडी र अधिकारीहरूलाई कडाइका साथ व्यवस्थापन गरिएका “परिधि”मा राखेको छ।

उनीहरू त्यहाँबाट निस्किन पाउँदैनन्। चौघेराभित्र यात्रा गर्नका लागि आधिकारिक कार वा बस प्रयोग गर्नेहरूलाई अरू मानिससँग सम्पर्क भएको अवस्थामा गाडीभित्रै रहन निर्देशन दिइएको छ।

चीनको मानवाधिकार सम्बन्धी विवरणहरूबारे हाल अन्तर्राष्ट्रिय रूपमा विरोध भइरहेको छ। अमेरिका, भारत, ब्रिटेनसहित एक दर्जनभन्दा बढी देशका वरिष्ठ अधिकारीहरू कार्यक्रममा सहभागी हुँदैनन्।

चीनका नेताहरू र सरकारी सञ्चारमाध्यमले यस ‘कूटनीतिक बहिष्कार’ लाई “राजनीतिकरण”को सङ्ज्ञा दिएका छन्। तर, खेलाडीहरुले भने भाग लिएका