नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ ( ख) को सभापतिमा बिमल ठकुरी निर्वाचित


अमृता के सी ( रोनी )
काठमाडौँ, मंसिर ४ ।नेपाली काँग्रेस १४ औं अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ३ ( ख) को सभापतिमा बिमल ठकुरी अत्याधिक मतले निर्वाचित भएका छन्।

शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सुनगाभा पार्टी प्यालेसमा सम्पन्न उक्त अधिवेशनको उपसभापति बच्चुराम शर्मा कुइकेल र बिकेस श्रेष्ठ, सचिवमा जयराम महत र मुरारी प्रसाद भण्डारी निर्वाचित भएका छन् भने सहसचिवमा इन्दिरा ढकाल (दाहाल) र रेखा बस्नेत निर्वाचित भएका छन् ।