अछाममा भिषण पहिरो, ८ जनाको मृत्यु, ७ वेपत्ता

अछाम । अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । कमलबजार नगरपालिका ६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजाललाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।

ढकारी गाउँपालिका ६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उनकाअनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ । यसअघि तुर्माखाद गाउँपालिका–५ काँडामा घर पुरिंदा २ जनाको शव फेला परेको थियो भने सात जना अझै बेपत्ता छन् ।