अब ललितपुरको धुलो पनि ब्रुमरले बढार्ने

ललितपुर । ललितपुर महानगरपालिकाले ब्रुमर किनेको छ । सडक धुलो सफा गर्न किनिएका दुई अत्याधुनिक ब्रुमर संचालनमा आएको महानगरपालिकाले जानकारी दिएको छ ।

शुक्रबार एक कार्यक्रम आयोजना गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २ वटा ब्रुमर सञ्चालनमा आएको जानकारी दिए ।

महानगरपालिकाले यी दुई ब्रुमरका लागि ४ करोड रुपैयाँ खर्च गरेको छ । सोहीअवसरमा महानगरका लागि थप दुई ट्यांकरसमेत संचलनमा आएको घोषणा गरियो ।

ललितपुर महानगरपालिकालाई स्वच्छ र सफा बनाउन प्रविधिमा जोड दिइएको बताए । यसअघि काठमाडौं महानगरपालिकाले ब्रुमर किनेर संचालनमा ल्याइसकेको छ ।

काठमाडौं उपत्यकाका शहरहरु फोहोरका कारण बदनाम भइरहेको छन् ।

नजिकिएको नेपाल भ्रमण वर्षका अवसरमा काठमाडौं उपत्यकाका सडक सफा, सुन्दर र हराभरा बनाउनु स्थानीय सरकारहरुको दायित्व समेत हो ।