काठमाडौं । काठमाडौं राष्ट्रिय एकता परिषद्को आयोजना महिला हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम काठमाडौं स्थित कान्तिपथमा सम्पन्न भयो।मंगलबार एल्लो पगोडा होटलमा सम्पन्न अन्तरकृया कार्यक्रमको सभापतित्व राष्ट्रिय एकता परिषद्का संयोजक निक्ष शमशेर राणाले गरेका थिए।कार्यक्रममा नायिकाहरु रेखा थापा र मनिषा कोइरालाको उपस्थिति थियो।मायाघर नेपालीकि संस्थापक राधिका दासी,पत्रकार बबिता बस्नेत,राष्ट्रिय उस्सु तेक्वान्दो खेलाडी संगिता बस्याल लगायतका महिलाहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।
महिला माथि हुने हरेक प्रकारको हिंसाको अन्त्य गर्न सबै एकजुट भइ लाग्नुपर्ने कार्यक्रममा सहभागी अधिकांस महिलाहरुको भनाई थियो।रुपन्देहीमा पाँच वर्षको बालिकाको माघ १गते भएको बलात्कारको घटनाको पिडित पक्षलाई आर्थिक सहयोग रु.२५००० राष्ट्रिय एकता परिषद्का संयोजक निक्ष शमशेर राणाले हस्तान्तरण गरेका थिए भने अभिनेत्री मनिषा कोईरालाले पिडित नबालिकाको शिक्षाको सम्पूर्ण जिम्मेवारी लिने घोषणा गरेकी थीईन् ।

