न्युयोर्क
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले कोरोना संक्रमणका कारण आगामी जुन २७ तारिखसम्म अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २७ हजार पुग्ने छ । सिडिसिले कोरोनाको कारण जुन २७ सम्म मृत्यु हुनेको अनुमानित आँकडा बिहीवार प्रकाशित गरेको हो । सिडिसिद्वारा प्रकाशित नयाँ प्रक्षेपण अनुसार मृतकको अनुमानित यो संख्या १ लाख ४३ हजार ३ सय ४० सम्म पुग्न सक्ने छ । सिडिसिले आफ्नो वेब साईटमा लेखेको छ; ‘यो हप्ताको राष्ट्रिय प्रक्षेपणको योगफल अनुसार कोभिड -१९ बाट मृत्यु हुनेको संख्यामा लगातार गिरावट आईरहेको छ । यो प्रक्षेपण अनुसार जुन २७ सम्म अमेरिकामा १ लाख ४३ हजार सम्मको संख्यामा मानिसको मृत्यु हुन सक्ने छ ।
जुन ४ तारिख बिहीवारसम्म अमेरिकामा १ लाख ८ हजार १ सय बिस जनाको मृत्यु भै सकेको र १८ लाख ७२ हजार २ सय ६१ जना संक्रमित रहेको जोन हप्किन्स युनिभर्सिटीले जनाएको छ ।