चीनले कोरोना भाईरसको मुल श्रोत उहान ल्याब नै हो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोपमा असन्तुष्टी जनाउँदै अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको आरोप लगाएका छन् । चीनका बिदेश मन्त्री वाङ यिले आईतबार एक पत्रकार सम्मेलनमा अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको आरोप लगाउँदै कोरोना भाईरसको श्रोत पत्ता लगाउन चीन सधैंभरी खुल्ला रहेको र पूर्ण सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका हुन ।
बिदेश मन्त्री यिले पत्रकार सम्मेलनमा भनें “हाम्रो जानकारीमा आएको छ कि अमेरिकाको केही शक्ती चीन – अमेरिका सम्बन्धलाई शीत युद्धको किनारामा पुर्याउन उद्दत छन् । अमेरिकाका केही राजनीतिज्ञले भाईरसको बारेमा बनावटी हल्ला फैलाएको हुँदा चीनले सधैंभरी अन्तरराष्ट्रिय बैज्ञानिकहरुको समुहसँग मिलेर भाईरसको उत्पत्ती पत्ता लगाउन भरपुर सहयोग गर्ने छ” ।
विश्वमा कोरोना महामारीका कारण ३ लाख ४२ हजारको मृत्यु र ५३ लाख संक्रमित भएको अवस्थामा विश्वभरका बैज्ञाननिकहरु कोरोना भाईरस जनावरबाट मानिसमा सरेको र चीनको उहान प्रान्तको बजारबाट पहिलो पटक कोरोना संक्रमण सुरु भएको विश्वास गर्दै आएका छन् ।
एजेन्सी