काठमाडौँ। असंलग्न आन्दोलनका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गरेका छन् ।
माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेका हुन् ।
शिखर सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीकी छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् । प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नेछन । उनी
उहाँ माघ ७ गते नेपाल फर्किने कार्यक्रम छ।
असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगाण्डा प्रस्थान
