आइपीएल : मुम्बईलाई लगातार दोस्रो जित

मुम्बई । साविक विजेता मुम्बई इन्डियन्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा दोस्रो जित निकालेको छ । शनिबार राती सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बई अंक तालिकाको पहिलो स्थानमा समेत उक्लियो । रोएल च्यालेन्जर्स र मुम्बईको समान ४ अंक भएपनि मुम्बई रनरेटका आधारमा अगाडि रहेको छ । मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १३७ रनमा समेटियो ।

हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन जोडे । हैदरावादलाई अलआउट गर्न मुम्बईका ट्रेण्ट बोल्ट र राहुल चाहरले उत्कृष्ट बलिङ गर्दै ३, ३ विकेट लिए । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १५० रनको मध्यम योगफल बनाएको थियो । मुम्बईका लागि क्वेन्टन डी ककले सर्वाधिक ४०, काएरन पोलार्डले अविजित ३५ रन र कप्तान रोहित शर्माले ३२ रनको योगदान गरेका थिए ।