आजबाट मौसममा सुधार, तापक्रम बढ्ने

THT

काठमाडौं । पछिल्लो दुई साता लगातार प्रतिकुल बनेको मौसम शनिबारबाट केही सुधार हुने अपेक्षा गरिएको छ । काठमाडौं उपत्यका, तराई र पहाडी भेगका धेरैजसो क्षेत्रमा दुई सातादेखि खुलेर घाम लागेको छैन । धुम्मिएको मौसममा शनिबारबाट सुधार देखिने मोसम पूर्वानुमान महाशाखाको भनाई छ । न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने अनमाुन छ । मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने सम्भावना हुन्छ । तर, तत्काल पानी पार्ने कुनै प्रणाली भने सक्रिय छैन । घाम लाग्दा तापक्रम बढ्ने छ ।