काठमाडों । आज शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा विद्यूत काटिने भएको छ ।
बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले विद्युत अवरूद्ध गर्न लागिएको हो । दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । यसको काम छिटो सम्पन्न भए अगाडी समेत बत्ति आउन सक्नेछ ।