काठमाडौं । देशभर मनसुन जारी छ । जसका कारण सोमबार समेत देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भएको छ । सोमबार दिउँसो धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन ।
पानी पर्दै रोकिने क्रम भने चल्नेछ । राति देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । धेरैजसो पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान गरिएको छ ।