काठमाडौं । तीन दिने नेपाल भ्रमणका क्रममा अन्तिम दिन चिनियाँ विदेशमन्त्री वाङ यीको दैनिकी आज पनि व्यस्त रहनेछ । उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री वाङले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले आजै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नेछन् ।
उनी आजै दिउँसो बेइजिङ प्रस्थान गर्नेछन् । विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच केरुङ–काठमाण्डौ रेलवेको विस्तृत सम्भाव्यता अध्ययनदेखि, कोभिड विरुद्धको खोप अनुदान र नेपालको आर्थिक विकासमा चिनियाँ अनुदान बढाउनेसम्मका ९ विषयमा सहमति भएको छ ।