काठमाडौं । ४ वर्ष अगाडी संविधानसभाबाट जारी भएको संविधानको उत्सवमा आज चौथौ संविधान दिवस मनाइदैछ । सरकारले यस दिनको अवसर पारी सार्वजनिक बिदा दिएको छ ।
सम्पूर्ण सरकारी कार्यालयहरुले बिहानै कर्मचारीलाई कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेका छन् । नेपालको झण्डा बोकेर विविध कार्यक्रममा कर्मचारीलाई सरिक बनाउने योजना सरकारको छ ।
घरघरमा दिपावली गर्न र विदेशस्थित नियोगमा समेत धुमधामका साथ संविधान दिवस मनाउने घोषणा सरकारले गरेको छ ।
यस दिनको अवसरमा राजधानीमा मूल समारोह आयोजक समितिले एक विशेष कार्यक्रम गर्दैछ ।
कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित सबै उच्च पदस्थ व्यक्तिहरु सहभागी हुँदैछन् ।
जनतको आन्दोलनले ल्याएको गणतन्त्र र उक्त गणतन्त्रलाई संस्थागत गर्न ल्याइएको संविधानले सबै तहको माग आंकक्षा भने पुरा गर्न सकेको छैन ।
कतिपय समूह यो संविधान नमान्ने भन्दै अझै पनि आन्दोलनमा रहेका छन् । सरकारलाई यस दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउने गरी अन्य दिनको बिदा कटौती गरेको हो ।