आज सर्वदलीय बैठक बस्ने, एमाले जाने सम्भावना कम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । एमसीसी अनुमोदन र संसदमा जारी अवरोध खुलाउने दुई मूख्य विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक डाकेका हुन् । बैठक अपराह्न ४ बजे बस्ने छ । बैठकमा सहभागी हुने संसदा प्रतिनित्वि गर्ने सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ ।

विगत लामो समयदेखि नेकपा (एमाले) ले संसदमा अवरोध गरिरहेको छ । तर, आजको बैठकमा एमाले सहभागी हुने कुरा भने निश्चित छैन । बैठकमा नेकपा एसबाट माधव नेपालसहितका नेता सहभागी हुने छन् । एमालेले भने ती नेताहरुमाथि सभामुखले कारवाही नगरेको भन्दै संसदमा अवरोध गरिरहेको छ ।