काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिन सरकारले सतकर्ता अपनाउने बारे तयारी शुरु गरेको छ । सम्भावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाउन शुरु गरिएको छ । यसबारे आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएम)को बैंठक बस्देछ । बैठकमा स्वास्थ्य विज्ञहरुको राय लिइने भएको छ । त्यसपछि सरकारदे आवश्यक निर्णय लिने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नु पर्ने व्यवस्था लागू गर्न सुझाव दिने तयारी गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत अब चेकजाँच कडाई गरिने भएको छ । कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने र विमानस्थलमा एन्टीजेन परीक्षणको समेत अनिवार्य व्यवस्थाको तयारी सरकारले गरेको छ । नेपालसँग सीधा हवाइ सम्पर्क रहेको हङकङमा यो भाइरस देखिएको छ ।