काठमाडौं । मंगलबार मध्यान्ह सार्वजनिक बलात्कारको एक घटनाले धेरैलाई आक्रोशित बनायो । नेपाल सरकारका एक उपसचिव आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा आफ्नै निवासबाट पक्राउ परे ।
छोरीको परिचय गोप्य राख्न प्रहरीले उनको नाम पनि गोप्य राखेको छ । ४५ वर्षिय ती उपसचिवले आफ्नै १८ वर्षिय छोरीलाई बलात्कार गर्ने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रशरीले जानकारी दिएको छ ।
अझ मानिसलाई आक्रोशित बनाउने तथ्य के छ भने उनले विदेशमा बाबुछोरीबीच शारीरिक सम्बन्ध हुने गरेको भन्दै छोरीलाई जबर्जस्ती करणी गर्थे ।
घरको इज्ज्यतका लागि भन्दै परिवारले यो घटना लुकाएको भएपनि ती उपसचिव नसुध्रिएपछि बाध्य भएर उजुरी गरेको परिवार स्रोतलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । पक्राउ उपसचिवमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
उता राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेललाई घरमा काम गर्ने महिलाकी ७ वर्षे छोरी बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । खरेलविरुद्ध गत वैशाख १८ मा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए ।
अर्कोतर्फ बालयौन दूराचारसम्बन्धी आरोपमा पक्राउ परेका संयुक्त राष्ट्र संघका पूर्व कर्मचारी जोन पिटर डाल्गिसलाई जिल्ला अदालत काभ्रेले दोषि ठहर गरेको छ ।
उनी पनि जेल चलान भएका छन् । क्यानेडेली नागरिक उनी सन् २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार थिए ।
बालबालिकाको क्षेत्रका काम गर्ने भन्दै उनले तीनै बालबालिकामाथि यौन दूराचार गर्ने गरेको अदालतको ठहर छ ।