काठमाडौं । आयरल्याण्डको ए क्रिकेट टिम नेपाल भ्रमणमा आउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज आइतबार आयरल्याण्ड एले नेपालसँग खेल्ने ८ वटा खेलको तालिका सार्वजनिक गरेको छ ।
जस अनुसार आयरल्याण्ड ‘ए’ले नेपालसँग मार्च २४ र मार्च २५ मा टी–२० खेल खेल्ने छ । मार्च २८, २९ र ३० मा नेपाल ए र आयरल्याण्ड ए बीच टी-२० खेल हुने छ । यस्तै अप्रिल ३, ५ र ७ नेपाल ए र आयरल्याण्ड एबीच एक दिवसीय खेल हुने छ ।