आरजु देउवाले कैलालीमा पाइनन् टिकट, ५ क्षेत्रमा कांग्रेसबाट कोकसले पाए ?

५ माघ, काठमाडौं । नेपाली कांग्रेसले कैलालीका पाँचवटै क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको छ । सोमबार सभापति गगन कुमार थापाले ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूलाई टिकट वितरण गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ ।

कांग्रेस कैलालीका सचिव केशव मिश्रले कैलालीका नेता भीम बडुवाललाई उद्धृत गर्दै पाँचवटै क्षेत्रका उम्मेदवार टुंगो लागेको जानकारी दिए । जसअनुसार, क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा विजय स्वार, ३ मा भिम बडुवाल, ४ मा वीर बहादुर बलायर र ५ मा नरनारायण शाह ‘मनु’ उम्मेदवार बनेका छन् । यससँगै कैलालीमा आरजु देउवाले टिकट पाइनन् । कांग्रेसमा सभापति देउवा समेत टिकटको अपेक्षामा छन् ।