इनास यूएईमा हरि मोक्तान निर्वाचित

२३ पुस, यूएई । इनास यूएईको पाँचौं अधिवेशनले हरि मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । गत २१ डिसेम्बरमा सम्पन्न अधिवेशनले मोक्तानलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनबाट अस्मत घिमिरे उपाध्यक्ष र सुनिल पौडेल महासचिवमा निर्वाचित भएका छन् । संगठनको केन्द्रीय संरचनामा डोलेश्वर योगी, कुशल बुचा, बिना मानन्धर, सन्दीप लामा, भोला श्रेष्ठ लगायतका पदाधिकारी नियुक्त भएका छन् । विभिन्न विभागका संयोजक र १८ जना केन्द्रीय सदस्यसहित नयाँ कार्यसमिति औपचारिक रुपमा सक्रिय भएको जनाइएको छ ।


१८ सदस्यीय केन्द्रीय समितिमा क्रमशः कञ्चन देवकोटा, निर्मला भुजेल, राम गिरी, विकास तिवारी, राजकुमार खड्का, चित्रबहादुर कुँवर, अमृत नगरकोटी, पुरषोत्तम दाहाल, सुवास गुरुङ, चिरञ्जीवी अधिकारी, प्रिया कँडेल, लक्ष्मी सुनार, लोकबहादुर श्रेष्ठ, शोहेल लामा, इशा परियार, सीबी देउकाडी, उमा क्षेत्री र गिरिश भण्डारी रहेका छन् ।


अबुधाबी क्षेत्रीय समितिमा गंगा खड्का अध्यक्ष चयन भएका छन् भने रास अल खैमह क्षेत्रीय समितिको नेतृत्व सूर्यकुमार बोहोराले पाएका छन् । दुबै क्षेत्रीय समितिमा उपाध्यक्षदेखि सदस्यसम्म सबै पदहरुमा नयाँ टोली चयन गरिएको छ । निर्वतमान नेतृत्वले कार्यकालभर प्राप्त साथ–समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि संस्थाप्रतिको विश्वास कायम रहने अपेक्षा व्यक्त गरेको छ ।
यस्तो छ– इनास यूएईको नयाँ केन्द्रीय कार्यसमिति
अध्यक्ष : हरि मोक्तान
वरिष्ठ उपाध्यक्ष : कुशल बुचा
प्रथम उपाध्यक्ष : अस्मत घिमिरे
द्वितीय उपाध्यक्ष : डोलेश्वर योगी
महिला उपाध्यक्ष : बिना मानन्धर
महासचिव : सुनिल पौडेल
सचिव : सन्दीप लामा
सहसचिव : बीरेन्द्र दंगाल
कोषाध्यक्ष : भोला श्रेष्ठ
महिला विभाग प्रमुख : एलिना श्रेष्ठ
प्रवक्ता : सञ्जीव खड्का
सांगीतिक विकास तथा प्रवद्र्धन : रसाइली
हास्यव्यङ्ग्य विकास तथा प्रवद्र्धन : इन्द सेन्चुरी
चलचित्र विकास तथा प्रवद्र्धन : कृष्ण भट्टराई
सूचना तथा प्रचारप्रसार : रञ्जित रिजाल