ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोलमा स्कुटर दुर्घटनामा परि चालकको ज्यान गएको छ । स्कुटर आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको अनुमान छ । शनिबार राति करिब १ बजेतिर बागमती प्रदेश ०२(०२६ प ८१५५ नम्बरको स्कुटर दुर्घटनामा परेको हो । ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको दुर्घटनामा परि ज्यान गएको छ । दुर्घटनाग्रस्त स्कुटर नजिकै उनलाई घाइते अवस्थामा फेला पारिएको थियो । ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उनको उपचारका क्रममा ज्यान गएको हो ।
इमाडोलमा स्कुटर दुर्घटना, चालकले गुमाए ज्यान
