न्युयोर्क
अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट पाँच भित्र नेपाली मुलका अर्थर गन (दिबेश पोखरेल) प्रबेश गरेका छन्। उनलाई अबको एक घण्टा पब्लिक भोट दिन पाईने छ । अन्दाजी पुर्वीय समय ९:१५ बजे भोटिङ् बन्द हुने छ ।
भोटिङ एक जना प्रतिस्पर्धीको नाममा ३ तरिकाहरु – २१५२३ मा फोनबाट टेक्स्ट पठाएर, अर्को अमेरिकन आईडल वेब साईट https://idolvote.abc.com/ मार्फत अर्को अमेरिकन आईडलको एप डाउनलोड गरेर गर्न सकिन्छ । ईतिहास रच्दै गरेका नेपाली मुलकापोखरेललाई तीन तरिकाबाट मत दिने हो भने, प्रत्येक तरिकाबाट १० पटक मत दिने हरुले १६ नम्बरमा मत दिनु पर्ने छ । राती १० बजेअगाडि यो बर्षको आईडल घोषणा हुने छ ।